Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानूनी व्यवस्था गर्न आवश्यकः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताए। उनले नेपालको कानूनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताउंदै उनले बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताएका छन् । विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

उनले भने, ‘खास गरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पती अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु । खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु । गीत संगीतको क्षेत्र जुन उद्योगको रुपमा विकास भइरहेको छ । आउने दिनमा थप प्रोत्साहन गर्न सपोर्ट हुनेछ । सदस्य राष्ट्रको रुपमा नेपालले यस्तो कार्यक्रम गर्दा जनचेतना आउने कुरामा पनि सपोर्ट गरेको कुरा राख्न चाहन्छु । नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरेको छ । जसले पेटेन्ट ट्रेडमार्क अधिकारलाई सुरक्षित राख्न सहयोग गरेको छ । अहिले हामीकहाँ पनि कतिपय ट्रेडमार्क र पेटेन्टको इस्युहरुमा विवाद पनि आउने गरेको छ । कतिपय कपय कपि गरेको मिल्दो जुल्दो गरेको पनि देखिन्छ यसमा विभागले विशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ ।’

अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पतीको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।


प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?