Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बारा–२ मा उम्मेदवारी दर्ता


२० चैत ,कलैया । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्‌ ।

बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । जसपा अध्यक्ष यादवले जिल्ला समन्वय समिति बारामा रहेको निर्वाचनको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

यादवको प्रस्तावकमा जसपाका नारायणप्रसाद यादव र सर्मथकमा सो दलका नवल यादव रहेको छ । उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थन रहेको छ ।

यस क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपा (एमाले) बाट पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्‌ ।

जनमत पार्टीबाट संविधानसभा सदस्य शिवचन्द्र कुसवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको पनि उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाल मजदुर किसानबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, आमजनता पार्टीबाट अरुण ज्ञवालीको उम्मेदवारी परेको छ ।

बारा–२ मा ४६ हजार तीन सय १४ पुरुष र ५८ हजार नौ सय ३४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए ।


प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?