Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

रोजगारी सिर्जनाका लागि आइएसभिजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता


काठमाडौँ। इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम शुरु गर्ने भएका छन् ।

बुधवार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्नेबारेमा मिलेर काम गर्ने सम्झौता भएको हो । रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्वपूर्ण भएकाले दुई संस्थाबीच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नेबारे सम्झौता भएको छ । २०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आइएसभिजी इन्टरनेशन स्काउट भोलेन्टियर ग्रुप नेपालका अध्यक्ष अजित खड्काले बताएका छन्  । योजनाअनुसार नेपालमा भएका युवा युवतीहरुलाई क्षमता अभिवृद्धि गर्ने कामहरु अघि बढाइने जानकारी दिएका छन् । परियोजना समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरिसकेपछि आवश्यक परेका स्थानहरुमा गएर काम शुरु गर्ने जानकारी दिएका छन्  ।

उनले भने, ‘हामी इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपको सहकार्यमा यि कामहरु गर्दैछौँ । हाम्रो अहिले २०२५ देखि २०२८ सम्म एउटा वृहत योजना छ । जस वृहत योजनाअनुसार नेपालमा भएका युवा युवतीहरुलाई क्षमता अभिवृद्धि गर्ने कामहरु हामी गर्दैछौँ । त्यसमा विशेष गरी आफूले जानेका ज्ञान, सीपका कुराहरु र जीवन उपयोगी कार्यहरु हामी गर्नेछौँ । नेपाल र चीनबीच आफ्नो मैत्रीपूर्ण कार्यहरु हामी गर्दछौँ । नेपाल र चीनमा भएका दुवै देशका संस्कृति आदानप्रदान गर्ने काम गर्दछौँ । पहिला नेपालमा अरनीकोले चीनमा गएर आफ्नो सम्पूर्ण काम गर्नुभयो । बलबाहुले पनि काम गर्नुभयो । अहिले पनि बेइजिङमा बलबाहुको शालिक छ । त्यो शालिकमा नेपालीलाई पैसा तिर्न पर्दैन । चीनले नेपालमा धेरै कामहरु गरेको छ । अब हामीले गर्न खोजेको काम नेपालमा रहेका बेरोजगारलाई रोजगारी कसरी दिने भन्दा विश्वमा भाषा नै सबैभन्दा ठूलो कुरा भएकाले भाषाको प्रवद्र्धन गर्ने, चाइनिज भाषा नेपालमा प्रवद्र्धन गरौँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ । अब हामी विभिन्न ठाउँमा जान्छौँ, हामीले विशेष गरी यो स्वीकृति समाजकल्याण परिषद् र समाज कल्याण मन्त्रालयमा हामीले परियोजनाहरु बुझाउँछौँ । परियोजनाहरु हामीले बुझाइसकेपछि स्वीकृत भएपछि हामी विभिन्न ठाउँमा निरीक्षणमा जान्छौँ । जुन जुन ठाउँमा आवश्यकता पर्दछ । त्यो त्यो ठाउँमा कार्य गर्दछौँ ।’

उनकाअनुसार दुई संस्थाले नेपालको रोजगारीको समस्या चिर्नका लागि आगामी दिनहरुमा पनि विभिन्न किसिमका योजनाहरु अघि बढाउने गरी सहकार्य गरेर अघि बढ्ने सहमति गरेको बताएका छन्  ।


प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?