Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

विदेशी वस्तुको व्यापारबाट मात्र देश समृद्ध हुन सक्दैनः उद्योगमन्त्री


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरुले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखानामा लगानी गर्नुपर्ने बताएका छन् । नेपालमा उत्पादिन वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर विश्व बजारमा निर्यात गरे मात्रै व्यवसायी र राज्य फस्टाउनसक्ने उनको भनाइ छ । उनले नेपाल छिमेकी ठूला दुई राष्ट्र चीन र भारतको बजार बनेको तर नेपालले वस्तु उत्पादन गरेर ब्राण्डिङ गर्न नसक्दा समस्या आएको बताए । उनले वस्तु आयातबाट भएको नाफाबाट राजधानीमा घर बनाएर सुखसयलमा बसेर मात्रै समृद्ध हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो उत्पादन नहुँदासम्म जे जे कुराको हामीसँग सम्भाव्यता छ त्यो कुराको व्यापार नगर्दासम्म हाम्रो व्यापार धरासायी नै हुन्छ । हामी केवल ट्रेडिङ गरी राख्या छौँ, आज तुलना गरौँ इण्डियाको सबैभन्दा ठूलो ट्रेडिङ नेपाल हो, चाइनाको पनि ठूलो ट्रेडिङ नेपाल हो । तर हामीले कस्लाई ट्रेडिङ बनाउन सक्यौँ । या हामीले हाम्रो व्यापारको विविधिकरण गर्ने कुरा व्यापारको प्रमोशन गर्ने कुरा, हाम्रो वस्तुको ब्राण्डिङ गर्ने, प्याकेजिङ गर्ने, लेवलिङ गर्ने कुरा हामीले सक्यौँ त ? सीमासँग व्यापार गरेका साथीहरुसँग मेरो आग्रह छ यहाँहरुले वस्तुको ट्रेडिङ गर्दा तपाईले मुनाफा गरिसकेपछि कुनै न कनुै उत्पादनमा तपाईको लगानी त हुनै प¥यो नि । फेरि त्यही काठमाडौं पाँच तले घर बनाएर तपाईको व्यापार वृद्धि हुन्छ र ? हामीले त व्यापार केवल आफ्ना लालाबालालाई सुखसयल राख्ने कुरामा मात्रै सीमित गरौँ अनि त्यताबाट वस्तु आएन हाम्रो व्यापार डुब्यो यिनै गीत गाएर हाम्रो व्यापार समृद्ध बन्छ ?’

मन्त्री भण्डारीले हिमालयपार व्यापारलाई समृद्ध बनाउन सरकार तयारी अवस्थामा रहेको बताएका छन् । व्यवसायीहरुको मागलाई सम्बोधन गरेर नीति तथा कार्यक्रममार्फत लागू गराउन आफूले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । उनले आफ्ना माग सरकारसमक्ष पेश गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

उनले भने, ‘हिमालपारलाई समृद्ध गर्न, त्यो व्यवसायलाई गुलजार बनाउन सरकार त तयारै छ नि ,अझ तपाईहरुको सुझावलाई निकटमा रहेर । तपाईहरु डेलिकेशन लिएर आउनुहोस् सरकारले गर्नुपर्ने के हो लिएर आउनुहोस् । तपाईहरुको मागलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्न सरकार तयार छ । हामीले बजेटमा देख्ने गरी सुन्नेगरी नीति कार्यक्रममा देखिने र सुनिने गरी तपाईहरुको मागलाई सम्बोधन गर्न नै हामी काम गरेका छौँ ।’

मन्त्री भण्डारीले नेपालमा उत्पादन भएका ५ हजार वस्तु चीनमा बिना भन्सार दरमा नेपालले निर्यात गर्न पाउने चीनसँग सम्झौता भएकाले नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?