Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विद्यापति पुरस्कार कोषद्वारा दश जना श्रष्टा पुरस्कृत


जनकपुर । बिहीवार जनकपुरधाममा आयोजित कार्यक्रममा मैथिली भाषाका महाकवि विद्यापतिको नाममा स्थापित कोषले दश श्रष्टालाई सम्मान गरेको हो । प्रत्येक वर्ष पाँच जनालाई दिइने उक्त पुरस्कार २०८० र २०८१ सालका लागि यस वर्ष प्रदान गरिएको कोषले जानकारी दिएको छ । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित मैथिली गायक रामकुमार मण्डल (रामा मण्डल) तथा २०८१ का लागि दिपा मैथिली आर्ट ग्यालरीलाई प्रदान गरिएको छ ।

नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० का लागि विनोदकुमार यादव तथा २०८१ का माला कर्णलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार २०८० का लागि पत्रकार श्यामसुन्दर शशी तथा २०८१ का लागि कवि काशी कान्त झालाई प्रदान गरिएको छ । त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० का लागि विद्याधर झा तथा २०८१ का लागि पत्रकार श्यामसुन्दर यादवलाई प्रदान गरिएको छ । पुरस्कृत भएकाहरुमध्ये भाषा साहित्य पुरस्कार २ लाख तथा बाँकी पुरस्कार एक–एक लाख राशीको तथा सम्मानपत्र रहेको छ । उक्त पुरस्कारको स्थापना २०६८ सालमा भएको कोषले जनाएको छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?