Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

विद्यापति पुरस्कार कोषद्वारा दश जना श्रष्टा पुरस्कृत


जनकपुर । बिहीवार जनकपुरधाममा आयोजित कार्यक्रममा मैथिली भाषाका महाकवि विद्यापतिको नाममा स्थापित कोषले दश श्रष्टालाई सम्मान गरेको हो । प्रत्येक वर्ष पाँच जनालाई दिइने उक्त पुरस्कार २०८० र २०८१ सालका लागि यस वर्ष प्रदान गरिएको कोषले जानकारी दिएको छ । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित मैथिली गायक रामकुमार मण्डल (रामा मण्डल) तथा २०८१ का लागि दिपा मैथिली आर्ट ग्यालरीलाई प्रदान गरिएको छ ।

नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार २०८० का लागि विनोदकुमार यादव तथा २०८१ का माला कर्णलाई प्रदान गरिएको छ । नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार २०८० का लागि पत्रकार श्यामसुन्दर शशी तथा २०८१ का लागि कवि काशी कान्त झालाई प्रदान गरिएको छ । त्यस्तै नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०८० का लागि विद्याधर झा तथा २०८१ का लागि पत्रकार श्यामसुन्दर यादवलाई प्रदान गरिएको छ । पुरस्कृत भएकाहरुमध्ये भाषा साहित्य पुरस्कार २ लाख तथा बाँकी पुरस्कार एक–एक लाख राशीको तथा सम्मानपत्र रहेको छ । उक्त पुरस्कारको स्थापना २०६८ सालमा भएको कोषले जनाएको छ ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?