Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नेपालमा लगानी गर्न थाइ लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइलाइन्ड भ्रमणको तेस्रो दिन थाइलाइन्डका र नेपालका व्यवसायीहरुसँग छलफल गरेका छन् । सो क्रममा नेपालमा लगानीका सम्भावना, अवसरकाबारे सहकार्यका विषयमा छलफल भएको छ । नेपालमा लगानीको सम्भावना र अवसरकाबारेमा प्रधामन्त्रीले नेपाल र थाईल्याडका व्यापारीबीच छलफल गरेका छन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले दुई देशका व्यपारीहरुको छलफलमा लगानीका विविध आयामका विषयमा छलफल भएको बताएका छन् । उनकाअनुसार छलफलका क्रममा लगानीमात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाइका उद्योगी व्यापारीसहित लगानीकर्ताहरुलाई दिएका छन् । निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी थिए। उनिहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताएका छन् ।

छलफलबारे जानकारी दिँदै खतिवडाले भने,‘निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनु भयो । त्यसका लागि उपयुक्त पार्टनहरुको खोजी हामी गर्छौं भनेर थाइ लगानीकर्ताले गर्नुभएको छ । लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको व्यवस्थाका बारेमा चासो रह्यो । कर्मचारी प्रशासनले दिने दुख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरु घटाएर व्यवस्थित गर्न समेत लगानीकर्ताले जोड दिनुभयो ।’

छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारेमा छलफल भएको बताए । उनका अनुसार ती क्षेत्रमा लगानीका लागि प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ढकालले आफ्नो भनाइ राख्दै कानूनहरु संशोधन पछि लगानीमा सहज बनाएको र थाइ व्यवसायीलाई नेपालमा लगानीका लागि सहज रहेको बताए ।

उनले भने‘नेपालमा इनभेष्ट गर्नुपर्ने जतिपनि सेक्टर छन् ती सेक्टरमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभयो । धेरैजसो लगानीसम्बन्धि कानूनहरु परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ति सबै कानूनहरु लाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको कमिटमेन्ट इन्सोरेन्स गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ ।’

छलफलका क्रममा थाइ व्यवसायीहरुले पर्यटन, होटल, हस्पिटल, निर्माणजन्य कच्चा पदार्थ जस्ता नेपालमा सम्भावित लगानीका क्षेत्रमा लगानी गर्न चासो देखाएका थिए । लगानी गर्नका लागि कानून सहज भए/नभएको, लगानी पछि मुनाफा फिर्ता लैजाने कानूनी प्रवन्ध केकस्तो रहेको बारे चासो राखेका थिए । नेपालमा विदेशी मुद्रको सहजता, रिजर्भहरु केकस्तो छ, भन्ने उनीहरुको चासो थियो ।

थाइ व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपाली व्यवसायीको प्रतिनिधिमुलक टोलीलले नेपालमा लगानीका लागि धेरै सम्भावना रहेको बताएको थियो ।

जलविद्युत क्षेत्रमा भारतसँग १० हजार मेगावार्टको सम्झौता भएको थियो । सोही अनुसार उत्पादन गर्नुपर्ने अवस्था, पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पनि नेपालमा प्रर्चुर सम्भावना रहेको छलफलमा राखिएको ढकालले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?