Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आगामी आ.व.मा भौतिक मन्त्रालयको बजेट सिलिङ ११ अर्बले घटाइएको छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि मन्त्रालयको बजेट सिलिङ ११ अर्ब घटाइएको बताएका छन् ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सरकारले चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु धेरै बनाउनुपर्ने तर आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ घटाउनुले केही असहजता महशुस हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने स्थिति रहेको र राष्ट्रिय गौरवका आयोजनामा मन्त्रालयअन्तगर्त घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । भौतिक मन्त्रालयको भुक्तानी दायित्व २ खर्ब ५२ रहेको र चालु वर्षमा गत वर्षको ८ अर्ब भुक्तानी गरेको बताए । उनले बिपी राजमार्गलाई आगामी वर्षाको याममा पनि सञ्चालन हुनेगरी कच्ची वा ग्राभेल गर्नेगरी र सडक अवरुद्ध नहुने गरी काम भइरहेको दाबी गरेका छन् ।

मन्त्री दाहालले भने, ‘हामीले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने भएको छ । हामीले राष्ट्रिय गौरवका आयोजना हाम्रो भित्र पर्नेलाई पनि हामी पुनःविचार गर्नेछौँ । घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्छौं । हाम्रो २ खर्ब ५२ अर्ब भुक्तानि दायित्व छ । हाम्रो मन्त्रालयभित्र । त्यसो हुँदाहुँदै पनि क्रमशः घटाउँदै गइरहेका छौँ । यस वर्ष पनि गत वर्षको लगभग ८ अर्ब पैसा भुक्तानी गरेका छौँ । हामीलाई ११ अर्ब सिलिङ घटाइएको छ । त्यस्तो अवस्थामा यहाँहरुले राख्नुभएको कुरा इज्जत जोगाइदिनु होला जुन भन्नुभएको छ । त्यसमा हाम्रो ध्यान गएको छ । मान्यज्युहरुसँगै सल्लाह गर्ने हो । मान्यज्युहरुले नै बजेट पास गर्ने हो ।’

मन्त्री दाहालले नेपाल सुरुङ युगमा प्रवेश गरेको र नागढुङ्गा सुरुङमार्ग अब सुचारु गर्ने अवस्थामा पुगेको बताए । केही समयपछि नै सरकारले सञ्चालनका लागि अनिमति प्राप्त गर्ने बताउदै त्यसको सञ्चालन मोडालिटी तयार गर्न लागेको र रोड कलेक्शनको मोडलबाट अघि बढाइने बताए। फास्ट ट्रयाक पनि समयमै सम्पन्न गर्ने काममा अघि बढिरहेको बताएका छन् ।

सरकारले त्रिदेशीय सडकलाई बढी प्राथमिकता दिनुपर्ने सांसदहरुको आवाजलाई गम्भीरताका साथ लिएको बताए ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?