Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

आगामी आ.व.मा भौतिक मन्त्रालयको बजेट सिलिङ ११ अर्बले घटाइएको छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि मन्त्रालयको बजेट सिलिङ ११ अर्ब घटाइएको बताएका छन् ।

मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सरकारले चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट छुट्याएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु धेरै बनाउनुपर्ने तर आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ घटाउनुले केही असहजता महशुस हुने जिकिर गरेका छन् । उनले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने स्थिति रहेको र राष्ट्रिय गौरवका आयोजनामा मन्त्रालयअन्तगर्त घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । भौतिक मन्त्रालयको भुक्तानी दायित्व २ खर्ब ५२ रहेको र चालु वर्षमा गत वर्षको ८ अर्ब भुक्तानी गरेको बताए । उनले बिपी राजमार्गलाई आगामी वर्षाको याममा पनि सञ्चालन हुनेगरी कच्ची वा ग्राभेल गर्नेगरी र सडक अवरुद्ध नहुने गरी काम भइरहेको दाबी गरेका छन् ।

मन्त्री दाहालले भने, ‘हामीले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने भएको छ । हामीले राष्ट्रिय गौरवका आयोजना हाम्रो भित्र पर्नेलाई पनि हामी पुनःविचार गर्नेछौँ । घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्छौं । हाम्रो २ खर्ब ५२ अर्ब भुक्तानि दायित्व छ । हाम्रो मन्त्रालयभित्र । त्यसो हुँदाहुँदै पनि क्रमशः घटाउँदै गइरहेका छौँ । यस वर्ष पनि गत वर्षको लगभग ८ अर्ब पैसा भुक्तानी गरेका छौँ । हामीलाई ११ अर्ब सिलिङ घटाइएको छ । त्यस्तो अवस्थामा यहाँहरुले राख्नुभएको कुरा इज्जत जोगाइदिनु होला जुन भन्नुभएको छ । त्यसमा हाम्रो ध्यान गएको छ । मान्यज्युहरुसँगै सल्लाह गर्ने हो । मान्यज्युहरुले नै बजेट पास गर्ने हो ।’

मन्त्री दाहालले नेपाल सुरुङ युगमा प्रवेश गरेको र नागढुङ्गा सुरुङमार्ग अब सुचारु गर्ने अवस्थामा पुगेको बताए । केही समयपछि नै सरकारले सञ्चालनका लागि अनिमति प्राप्त गर्ने बताउदै त्यसको सञ्चालन मोडालिटी तयार गर्न लागेको र रोड कलेक्शनको मोडलबाट अघि बढाइने बताए। फास्ट ट्रयाक पनि समयमै सम्पन्न गर्ने काममा अघि बढिरहेको बताएका छन् ।

सरकारले त्रिदेशीय सडकलाई बढी प्राथमिकता दिनुपर्ने सांसदहरुको आवाजलाई गम्भीरताका साथ लिएको बताए ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?