Trending
>>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड >>   मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन


काठमाडौँ। संसदीय समितिले सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सरकारलाई सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको हो । बैठकका निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले समितिको तर्फबाट हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन/तीन महिनामा प्रगति विवरण सार्वजनिक गरी लेखा समितिमा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले बिपी र अरनीको राजमार्गलाई वर्षा अगाडि नै कम्तिमा वर्षामा बन्द नहुने गरी यातायात सुचारु गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उनले भने,‘हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन÷तीन महिनामा प्रगति विवरण सार्वजनिक लेखा समितिमा उपलब्ध गराउनुस् । बिपी र अरनिको राजमार्गलाई वर्षा अगाडि नै कम्तिमा वर्षामा बन्द नहुने र यातायात चल्नेगरी यातायात सुचारु गर्ने व्यवस्था गर्नुस् । यातायात बन्द नहोस् । हुलाकी, बिपी, अरनिको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने । सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिने ।’

समितिले हुलाकी, बिपी, अरनीको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?