Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न संसदीय समितिको निर्देशन


काठमाडौँ। संसदीय समितिले सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले सरकारलाई सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिएको हो । बैठकका निर्णय सुनाउँदै समिति सभापति ऋषिकेश पोखरेलले समितिको तर्फबाट हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन/तीन महिनामा प्रगति विवरण सार्वजनिक गरी लेखा समितिमा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले बिपी र अरनीको राजमार्गलाई वर्षा अगाडि नै कम्तिमा वर्षामा बन्द नहुने गरी यातायात सुचारु गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएका छन् ।

उनले भने,‘हुलाकी राजमार्गको बारेमा प्रत्येक तीन÷तीन महिनामा प्रगति विवरण सार्वजनिक लेखा समितिमा उपलब्ध गराउनुस् । बिपी र अरनिको राजमार्गलाई वर्षा अगाडि नै कम्तिमा वर्षामा बन्द नहुने र यातायात चल्नेगरी यातायात सुचारु गर्ने व्यवस्था गर्नुस् । यातायात बन्द नहोस् । हुलाकी, बिपी, अरनिको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने । सार्वजनिक खरिद परियोजनाको निर्देशिका तत्काल जारी गर्न निर्देशन दिने ।’

समितिले हुलाकी, बिपी, अरनीको, मध्यपहाडी लगायतका राष्ट्रिय राजमार्गहरु निर्माण गर्न पुलहरु समेतको निर्माण गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?