Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन्।

मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन् । उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताए  । मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ । उनले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किेनेहरु समेत रहेको बताउंदै उनले  मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत बताएका छन् ।

उनले भने, ‘हामीसँग अत्यन्त ठूलो जिम्मेवारी र दायित्व छ । त्यो जिम्मेवारी र दायित्वको आधारमा अहिले जुन असन्तुष्टि र नैराश्य निर्माण भएको छ त्यसलाई हामीले बदल्नुपर्दछ । त्यसको लागि नेपालबाट वैदेशिक रोजगारीमा जाने नागरिकको त डाटाहरु आएकै छन् । तर वैदेशिक रोजगारीबाट नेपाल फर्केर कति जना आएका छन् भनेर कसैले पनि कुरा गर्दैन । ७० लाख मान्छे वैदिशक रोजगारमा गएका छन् । ति मान्छेहरु कहाँ गए ? फर्केर आइरहेका छन् कि छैनन् ? वैदेशिक रोजगारीमा गएका ४२ लाख नेपाली नागरिकहरु फर्किएर नेपालमा आएका छन् भन्ने तथ्यांक मैले प्राप्त गरेको छु । यसले के देखाउँछ भने आउने जाने क्रम त भइरहेको छ । मलेसिया, जापान तथा कोरियामा जाने ९० प्रतिशत नागरिक रहेका छन् । त्यहाँ पलायन हुने अवस्था छैन । निश्चित समयपछि नेपाल फर्केर आउनैपर्छ । त्यसले मुलुकमा गरिबी घटाउनको लागि ३० प्रतिशत मद्दत गर्यो भन्ने कुरा आइरहेको छ ।’

वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भएपनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उनको तर्क छ । उनले अबको दश वर्षमा दशलाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताए । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताए  ।

उनले भने , ‘अब हामीले १० वर्षमा दश लाख जनशक्ति उत्पादन गर्ने मात्र होइन । यो दश वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरुले सिकेका सीप र पूँजीलाई मुलुकको योगदानमा कसरि लगाउने भन्नेकुरा सबैभन्दा प्राथमिकतामा रहेको छ । सीपयुक्त नागरिक जाँदै गर्छन । तर फर्किएर आएका मानिसहरुलाई फेरि नफर्किने वातावरण तयार गर्न दश वर्ष हामीले लिन खोजिरहेका छौं ।’

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरुलाई फेरि वैदेशिक रोजगारमा नफर्किने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ छ ।


प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?