Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ छ, कुलमानले भ्रमको खेति गरिरहेका छन्ः उद्योगीहरु


काठमाडौँ। औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ शुरु भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

आईतवार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल सिमेन्ट उत्पादक संघ, स्टिल उत्पादक संघ र नेपाल धागो उत्पादक संघले उद्योगहरुमा अघोषित लोडसेडिङ गरेर नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नै छैन भन्ने झुटो र भ्रामक प्रचारबाजीमा लागिरहेको आरोप लगाएका हुन् । २४ सै घण्टा विद्युत आवश्यक पर्ने सिमेन्ट, स्टिलल र धागो उद्योगहरुमा अघोषित लोडसेडिङ भइरहेको उनीहरुको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले दिउँसो विद्युत दिने गरेको भएपनि आधा समय मेसिनरी बन्द गर्न नमिल्ने उद्योगीहरुको जिकिर छ । यसरि दैनिक आधा समय मात्र चलाएका मेसिनरीहरु कवाडिमा परिणत हुने चिन्ता उनीहरुको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । उनले नेपालको अर्थतन्त्र अचेत अवस्थामा रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत निरन्तर ह्रास आइरहेको अवस्थामा समेत औद्योगिक क्षेले पर्याप्त विद्युत नपाउनु दुःखद् भएको बताए । उनले प्राधिकरणकै पदाधिकारीहरुले महंगोमा विद्युत किने उद्योग जोगाउन नसक्ने खालको अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने, ‘आज अर्थतन्त्र अचेत अवस्थामा छ । कुल ग्राहस्थ उत्पादनमा दिनानुदिन ह्रास आउँदै गइरहेको छ । त्यस्तो अवस्थामा पनि हामी निरन्तर बिजुली नपाउने अवस्थामा छौं । विद्युत प्राधिकरणका प्रवक्ताले हालै एक ठाउँमा महंगोमा बिजुली किनेर उद्योगहरुलाई जोगाउन सक्दैनौं भन्नुभयो । एउटा जिम्मेवार व्यक्तिले त्यस्तो स्टेटमेन्ट दिनसक्छ । यो सारै नै दुःख लाग्दो कुरा हो ।’

अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले अघोषित रुपमा १२ घण्टा र घोषित रुपमा १२ घण्टा लोडसेडिङ हुँदा उद्योहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए । उनले लोडसेडिङकै कारण मासिक ९ हजार टन वस्तुको उत्पादन गर्ने क्षमता भएको कम्पनीले ३ हजार सात सय ५० टन मात्रै उत्पादन गर्न सकेको बताए । उनले उद्योगी व्यवसायीहरु लोडसेडिङकै कारणले प्रत्येक वस्तुमा १०/१० रुपैयाँ मारमा रहेको बताए । उनले आवश्यकता जति विद्युत अपूर्ति नभएकै कारणले वस्तुको मूल्य बढाउन बाध्य भएको बताएका छन् ।

उनले भने, ‘कुनै उद्योग दैनिक ३०० टन उत्पादन गर्ने उद्योग छ । र उसले महिनामा ९ हजार टन उत्पादन गर्ने क्षमता मानिन्छ । तर उद्योगको फिक्स क्यापिटल भन्ने हुन्छ । त्यो हरेक उद्योगको ६ करोड रुपैयाँ देखिएको छ । यो खर्चको विवरण हो । तर अहिले वस्तुको उत्पादन ३७५० मा झरेको छ । उद्योग चलाउन सक्ने अवस्था नै छैन । बत्तिको कारणले १०÷१० रुपैयाँ मार परेको स्थिति भएको कारण मूल्य वृद्धि गर्नुपरेको हो । हाम्रो घाटा हामीले कहाँबाट व्यहोर्ने कसरि निकाल्ने ? हाम्रो उद्योगले नोक्शान खाएर पनि उत्पादन गर्न सक्दैन ।’

नेपाल विद्युत प्राधिकरणले बिना लोडसेडिङ विद्यतु आपूर्ति गरिदिनुपर्ने उनको माग छ । विद्युत आपूर्ति गर्न नसक्ने भए लोडसेडिङको तालिका प्रकाशन गरी पूर्वजानकारी दिनुपर्नेमा उद्योगीहरुको जोड छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षअध्यक्ष पशुपति मुरारकाले प्राधिकरणले लोडसेडिङ अन्त्य गरी डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद टुंग्याउनुपर्ने बताउँछन् । उनले लोडसेडिङको बायोप्रोडक्ट भएको हिसाबले वस्तुको मूल्यमा वृद्धि भएको बताए । उद्योगहरुको वस्तु उत्पादनको क्षमतामा ह्रास आइरहेको उल्लेख गर्दै उहाँले लोडसेडिङ अन्त्य आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

उद्योगी व्यवसायीहरु अन्याय नगर्ने र अन्यायको विरुद्धमा डटेर लड्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १० चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?