Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्यायो


काठमाडौँ । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ कन्कोर्स डी र ई खोलेको जनाएको छ ।

जसले यसको वार्षिक यात्रु क्षमता ६ करोड ५० लाख भन्दा बढी पुर्याउनेछ । विश्वव्यापी उड्डयन केन्द्र बन्ने प्रयासलाई बलियो बनाउने बताएको छ । समय सीमा अगाडि नै सम्पन्न भएको यस विस्तारपछि १७ नयाँ विमानहरुरू थपिनेछन् । अब गर्दा कुल संख्या ६२ पुगेको छ । टर्मिनलले अब ८ लाख ४२ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ । जुन १४ प्रतिशतको वृद्धि हो ।

नयाँ कन्कोर्सहरूमा यात्रु प्रवाहलाई गति दिन र २ हजार ७ सय वर्ग मिटर नयाँ खुद्रा र भोजन ठाउँ परिचय गराउन स्मार्ट सेल्फ–बोर्डिङ प्रणालीहरू छन् । विस्तार २०१८ मा शुरु भएको फराकिलो विकास योजनाको एक हिस्सा हो । यसमा २०२२ मा अनावरण गरिएको ६ हजार वर्ग मिटर इनडोर ट्रपिकल गार्डेन, अर्चर्ड समावेश छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई २०२४ मा स्काईट्र्याक्सले विश्वको सर्वश्रेष्ठ विमानस्थल नाम दिएको थियो ।


प्रकाशित मिति: ८ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?