Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

समाचार


आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने बताएका छन् । उनले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरुलाई

ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र

काठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र पार्टी केन्द्रिय कार्यालयमा बुझाएका छन् । सोमवार अपरान्ह च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा आफू पक्षका नेताहरुसहित पुगेका उनले महासचिव शंकर पोखरेललाई अवधारणा पत्र बुझाएका छन् । पार्टीको निर्माण, सञ्चालन, सामूहिक नेतृत्व तथा पार्टी भित्रको नियन्त्रण र

देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार

काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गरेका छन्

क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तीकारी विकास आजको आवश्यकता भएको बताएका छन् । सोमवार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोर्याउने अभियानमा गोलवद्ध हुन समेत सबै युवाहरुलाई आग्रह गरेका छन् । आफ्नो पार्टीले विदेशी ऋणको भरमा

ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले २०३२ सालमा पंचायती व्यवस्थामा गाउँ फर्क लागू भएपछि

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या

सुनसरी। सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ । दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो । सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाई हुन् । उनै साह दाजुभाईकै योजनामा

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् । सोमवार ललितपुरमा आयोजित १७ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी

सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताएका छन् । सोमवार १७ औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार हटाउनका लागि, कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण

प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट

एजेन्सी। कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विष्फोट भएको छ । रकेट प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ । तमोह–३ नाम दिइएको रकेट लगभग ३.२ मिटर लामो थियो । जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ,

इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या

एजेन्सी। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार उत्तरी पश्चिम किनारको नाब्लस शहरको दक्षिणमा रहेको ओडाला गाउँमा इजरायली सैनिकहरूले एक प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरेको जनाएको छ । एक संक्षिप्त विज्ञप्तिमा मन्त्रालयले ती व्यक्तिलाई ३८ वर्षीय बहा अब्देल रहमान रशेदको रूपमा पहिचान गरेको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले एक छुट्टै विज्ञप्तिमा रशेदको

सम्वन्धित समाचारहरु