चितवन । भरतपुरको राधापुर नहरमा गएराति भएको मोटरसाइकल दुर्घटनाले एक जनाको ज्यान लिएको छ। भरतपुर महानगरपालिका–१४ क्षेत्रमा मोटरसाइकल नहरमा खस्दा भरतपुर–१६ निवासी ४० वर्षीय विनोद सुवेदी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक रवीन्द्र
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ। आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक १४ प्रकारका सामग्री मात्र खरिद हुनेछन्, जसको अधिकांश जिम्मेवारी जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको
काठमाडौं । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। गएराति विशेष अपरेशनका क्रममा गोली चलाउँदै १० जना लुटेरालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना र नगद लुट्ने घटनाहरू बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको हो। एसएसपी रमेश थापाका अनुसार पक्राउका
काठमाडौं । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन
जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी (२०२५-२०२७) को पदस्थापना तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आईतवार (२५ जनवरी) मा बर्लिनमा एक कार्यक्रमकाबीच लोकमणि ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सम्हालेको हो । नेपाली राजदुतावास जर्मनीका कार्यवहाक राजदुत सागर फुयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एनआरएनए जर्मनीको ४ साउन
कैलाली। धनगढी उपमहानगरपालिका-१३ राजपुर मा डेरा गरी बस्ने ३० वर्षीया श्रीमती हिरा दाहालको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ। यद्यपि, वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अझै अपलोड गरिएको छैन। पदाधिकारीहरूको फोटो, नाम र सामाजिक सञ्जाल लिंकसहित सामग्री
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको पहिलो दिन स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् । अभियानको सुरुआत गर्दै उनले यो यात्रा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। नेपाली सेनाका अधिकारी र उच्च कर्मचारीसहित उनले आयोजनाको प्रगति अवलोकन गर्दै निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। उनले आवश्यक सहयोग सरकारबाट हुने आश्वासनसमेत दिइन्। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिब ७१ किलोमिटर लामो द्रुतमार्ग
चितवन । गैँडाको आक्रमणबाट माडीमा एक युवकको ज्यान गएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईलाई सोमबार घाँस–दाउरा संकलनका क्रममा घर नजिकैको मरड खोलामा गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते भएका भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका