Trending
>>   सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्योः एमाले सांसद गिरी >>   चरम अतिवादको शैली अवलम्वन नगर्न रास्वपालाई काँग्रेस सांसद बजगाईंको चेतावनी >>   सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गर्‍योः एकीकृत समाजवादी >>   देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा >>   कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना >>   ‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू ‘ : राप्रपा प्रमुख सचेतक शाही >>   रास्वपाको प्रश्नः मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने ? >>   एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयनमा आउँदै >>   लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा >>   आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

समाचार


सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्योः एमाले सांसद गिरी

काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन् । उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने

चरम अतिवादको शैली अवलम्वन नगर्न रास्वपालाई काँग्रेस सांसद बजगाईंको चेतावनी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीलाई(रास्वपा)लाई चरम अतिवादको शैली अवलम्वन नगर्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद बजगाईंले यस्तो चेतावनी दिएका हुन् । रास्वपा सरकारमा जाँदा समेत काँग्रेस परिवारका सदस्यमाथि प्रतिशोध साँध्नुबाहेक केही गर्न नसकेको उनको आरोप छ । उनले रास्वपाले देश निर्माणको

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गर्‍योः एकीकृत समाजवादी

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो नमूना प्रदर्शन गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो आरोप लगाएका हुन् । उनले प्रधानमन्त्री र मन्त्रीहरूले अहिलेसम्म सम्पती विवरण सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा

काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गरे । उनले पुँजीगत खर्च हुन नसकेको र

कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरीः सांसद ढुंगाना

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताए । कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरुलाई स्वदेशमै रोजगारी दिन सकिने बताए

‘भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू ‘ : राप्रपा प्रमुख सचेतक शाही

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानविन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानविनका लागि सम्बन्धीत मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गरेका

रास्वपाको प्रश्नः मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको विषय सरकारले नसुनेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएका हुन् । भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरुले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारमा पेलेरै अघि बढ्ने प्रवृत्ति

एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयनमा आउँदै

काठमाडौँ। असार महिनामा मात्रै सरकारले २ खर्ब २७ अर्ब भन्दा बढी खर्च गरेको छ । चालु आर्थिक वर्षको शुरुवाती महिनाहरुमा बजेट खर्च गर्न चुकेको सरकारले असार महिनामा मात्रै अबौँ रकम खर्च गरेको हो । सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा नियन्त्रयक कार्यालयको तथ्यांकअनुसार यही वर्षको (१ असारदेखि ३० असार) अर्थात यो

लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जलवीरे झरना

काठमाडौँ। चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित जलवीरे झरना हालका वर्षहरूमा चितवनकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । लामो झरना भनेर समेत चिनिने यस झरनाको उचाई झन्डै १०२ मिटर रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको किनाराबाट करिव १ किलोमिटर उकालो हिँडेपछि यो झरनामा पुग्न सकिन्छ ।

सम्वन्धित समाचारहरु