काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २० हजार सहित आर्मेनियाका नागरिक ४० वर्षीय उषाकोभ एन्ड्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुन:एकीकरणसम्बन्धी छलफलमा उनले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको
काठमाडौं। आर्थिक वर्ष २०८२/ ८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । उनले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट गत ४ वैशाखमा राजीनामा दिएकी थिइन्।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वर्षा शुरु भएसँगै देखिन सक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएका छन् । मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँग बैठक गर्दै मन्त्री पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे । ‘वर्षाको सिजन शुरु भैसकेको छ,’
काठमाडौँ । महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला परेकी छिन्। तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागार पुर्याउने रोशनी शाही आइतबार भक्तपुर बालकोटस्थित आफ्नै कोठाभित्र मृत फेला परेकी छन् । प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् । भित्रबाट
काठमाडौँ । राजावादीको पक्षमा प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुर गरी ४ वटा मुद्दामा अभियोजन गरिएको छ । सरकारी
-डा. ताराजी १.पढ्नु पर्ने कुराको लिस्ट (List)बनाउनुस : यदी तपाईंलाई रात भरि पढ्नु छ भने पढ्नु पर्ने कुराको लिस्ट बनाउनुस् । तपाईंको लिस्टबाट जुन गाह्रो र बढी अङ्कभारको लेसन छ त्यसलाई पहिले पढ्नुस् । कम महत्वपूर्ण र सजिलो पाठलाई पछाडि अथवा समय पुगे मात्र पढ्ने हिसाबले लिस्टिङ गर्नुस् । यसले
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भएपनि त्यसअनुसारको लाभ लिन नसकिएको बताएका छन् । नेपाल सगरमाथा, लुम्बिनी,