काठमाडौँ। मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । पदमपोखरीका कृषक फेन्चु लामाले १ बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आउएका छन् । उनले रेड साइन र सी भेराइटी
काठमाडौँ। आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाआज गरी मनाइँदैछ । आज भगवान विष्णुको अवतार श्रीकृष्णको पूजाआज गरी वैदिक सत्य सनातन हन्दु धर्मावलम्वीहरुले मनाउने गर्दछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा
काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको महशुल तिर्नुपर्दैन भनेर सरकारले कहिल्यै नभनेको स्पष्ट पारेका छन् । विद्युत प्राधिकरणले प्रवाह गरेको विद्युत उद्योगधन्दाहरुमा प्रयोग भएको र महशुल नतिरेर थन्किएको अवस्था रहेको बताउदै त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण भएको बताए । नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रशतसिंह भण्डारीले श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् । शुक्रवार सिंहदरबारमा प्रत्यके प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले हरेक श्रमीकको जिम्मेवारी सरकारको भएको बताएका छन् । उनले श्रमीक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक
काठमाडौँ। नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरु हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलबाट
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताएका छन् । नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उनको
काठमाडौँ। एक दर्जन भन्दा बढी बैंकहरुले खराब कर्जा बढाएका छन् । बैंकहरुले सार्वजिक गरेको अघिल्लो आर्थिक वर्षको चौथो चौमासको वित्तीय विवरणअनुसार धेरै बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) बढेको हो । गत आर्थिक वर्ष २०८१/८२ मा खराब कर्जामा एभरेष्ट बैंक ०.३८ प्रतिशतमा सीमित रहँदा, हिमालयन बैंक ७.२८ सहित सबैभन्दा बढी रहेको
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताएका छन् । भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार शुन्यमा पु¥याउन आचरण शुद्ध हुनुपर्ने बताएका छन् । ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार शुन्यमा पुर्याउन सकिने तर त्यो कानून कार्यान्वयनबाट मात्रै सम्भव हुनेकुरा नरहेको स्पष्ट पारेका छन् । त्यसका लागि मानिसको आचरण, चरित्र, गुणवत्ता वृद्धि गर्न जरुरी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले दैनिक एक हजार बढीले रास्वपाको सदस्यता लिने गरेको दाबी गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता मनिष झाले यस्तो दाबी गरेका छन् । उनकाअनुसार अहिले रास्वपामा पार्टी प्रवेशको लर्को लाग्ने गरेको छ । बिहीवार पार्टी प्रवेश गर्नेहरु सशस्त्र प्रहरी बल,