Trending
>>   ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु >>   च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गर्दैछौंः कृषिमन्त्री अधिकारी >>   नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन्ः मन्त्री पाण्डे >>   प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँः उपप्रधानमन्त्री सिंह >>   टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरु) >>   नेकपा एसमा आउने सम्भावना छँदैछः वामदेव गौतम >>   गिरिबन्धु टिस्टेटमा ओलीको बद्मासीको पर्दाफास गरेरै छोड्छुः अध्यक्ष दाहाल >>   वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’ >>   १८ औँ वार्षिकोत्सवको अवसरमा ग्लोवल आइएमई बैंकको प्रभातफेरी >>   राष्ट्रपति पौडेलद्वारा पूर्व राष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त
Logo
१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन् ।

शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

उनले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताएका छन् ।

उनले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताए । आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको बताएका छन् ।

उनले भने , ‘हामी मान्छे हौँ, मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ । हामी नेपाली हाँै पहिलो कुरा, हामी नेपाली एकजुट हुनुपर्छ । परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नुपर्छ । समानता कायम गर्नुपर्छ । त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नुपर्छ । ध्यानले, योगले यो भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्दछ । यस दिवसलाई एउटा औपचारिक दिवसको रुपमा मात्रै होइन, वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने, मार्गदर्शनको रुपमा अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गरे। उनले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गरेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?