Trending
>>   फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु >>   राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश >>   दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित >>   नेकपा एसको केन्द्रिय सदस्यहरुको कार्यविभाजनको टुंगो आईतवार हुने >>   युवाहरुमा देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्छः अध्यक्ष अन्सारी >>   बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइनः सांसद साउद >>   विद्यालय नै खेलाडी उत्पादन गर्ने मुहान होः सभामुख घिमिरे >>   स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो– पोखराका दिलीप नाथ >>   संविधान संशोधन गर्ने समय भएको छैनः पूर्वप्रधानन्यायाधीश कार्की >>   थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोट : तीन जनाको मृत्यु, ३९ घाइते
Logo
२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइनः सांसद साउद


काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको बताएका छन्  ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । उनले  कुनैपनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनैपनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि नहुने स्पष्ट पारे ।  उनले  अहिले सरकार संविधान संशोधनको प्रक्रियामा रहेको र सरकार पश्चगामी बाटोतिर नजाने बताए  ।

उनले  २०/२५ हजार भोटले एक सांसद हुने, दलहरु थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति रहेकाले कुनै न कुनै रुपमा त्यसलाई समाधान गर्नुपर्नेमा राष्ट्रिय सहमति बनेको बताए  ।

उनले भने , ‘अब हामी संविधान संशोधनको प्रक्रियामा छौँ । संविधान संशोधनको प्रक्रियामा हामी अगाडि बढिरहेको बेलामा हामीले अब पश्चगामी भन्ने बाटोतिर कसैले पनि जान सक्दैन । लेफ्टहरुबाट बहस आएको म सुन्छु, दुई दलीय बन्यो, अर्को दलीय बन्यो । कम्युनिष्टहरु त एकदलीय शासन व्यवस्थालाई विश्वास गर्ने हुन् । तर उहाँहरुले बहुदलीय शासन व्यवस्थाको पैरवी गरेको सुन्दा मलाई चाहीँ बहुत सन्तुष्टि मिलेको छ । दुई दलीय कसैले बनाउन खोजेको छ भन्नेकुरा बिल्कुलै होइन । कहिले कहीँ थ्रेस होल्डको कुराले दुई दलीयलाई प्रमोट गर्ने बाटोमा अघि बढ्छ की भन्ने, हामीले पुरानो अभ्यासबाटै हामी पनि संसदमा हुँदै धेरै छलफल र बहस भइसकेपछि अब २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरु थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति भइसकेपछि कुनै न कुनै रुपमा त्यसमा परिमार्जन गर्नुपर्छ भन्ने राष्ट्रिय सहमतिकै आधारमा हामी त्यो निक्र्यौलमा पुगेका हौँ । तर त्यसको उद्देश्य कुनैपनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनैपनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि छैन ।’

सांसद साउदले एकदलीय शासन व्यवस्थालाई विश्वास गर्नै कम्युनिष्टहरुले बहुदलीय व्यवस्थाबारे आवाज उठाउँमा आफू सन्तुष्ट रहेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?