Trending
>>   थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोट : तीन जनाको मृत्यु, ३९ घाइते >>   ‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने >>   काँग्रेस महामन्त्री शर्माद्वारा लोबुचे हिमाल आरोहण, जलवायु परिवर्तनको असर न्युनिकरण गर्न आग्रह >>   सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछः सञ्चारमन्त्री गुरुङ >>   सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानि गर्नुपर्छः अध्यक्ष सिंह >>   दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेनः अध्यक्ष अग्रवाल >>   अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँः अध्यक्ष ढकाल >>   उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छः अध्यक्ष अग्रवाल >>   एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी >>   एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत
Logo
२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छुः अध्यक्ष घिमिरे


नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताएका छन्  ।

सबै व्यवसायीहरुका समस्या सुनेर समाधान गर्ने बाटोमा आफू अग्रसर हुने बताए  । शुक्रवार महँसंघको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन भए  । अध्यक्षमा चयन भएसँगै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले  घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरुसँग सहकार्य गर्ने बताए । उनले  घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायीमात्रै नभइ सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे  ।

उनले  समस्याको समाधान छिटै हुने र व्यवसायीहरु उत्साहित रहेको उल्लेख गरे  । छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने  बताए  । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताए  । बैंकिङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उनको  विश्वास छ ।

उनले   भने , ‘सहजतापूर्वक लिएर जान्छु र सबै साथीहरुसँग मिलेर र देशभरका व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्छु । देशभरका व्यवसायीका समस्यालाई लिएर अघि बढ्छु । म निर्विरोध भएका कारणले सम्पूर्ण व्यवसायीहरुले मलाई साथ दिनुहुन्छ भन्ने लाग्छ । सबैले साथ दिँदा जस्तोसुकै चुनौति आएपछि समाधान गर्न सकिन्छ । घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्नेकुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाई हुन्छ, व्यवसायीहरु उत्साहित छन् र यो व्यवसया पुरानै अवस्थामा आउँछ । राष्ट्र बैंकको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याएको हुनाले अफ्ठ्यारो छ । बैंकिङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरुको समाधान हुन्छ ।’

काठमाडौंमा शुक्रवार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध चयन भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?