काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएका हुन् ।
विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए । यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेका छन् ।
बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई लिए । यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक÷एक विकेट लिए । अहिले चितवनले जवाफी ब्याटिङ गरिरहेका छन् ।
प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार