Trending
>>   चाँडै अनुमति प्राप्त कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून कार्यान्वयनमा ल्याउँछौंः अर्थमन्त्री पौडेल >>   कर्मचारी ऐन संशोधनको तयारीमा छौं, संसद सचिवालयका कर्मचारीका मागहरु सम्बोधन हुन्छन्ः कानूनमन्त्री चौरसिया >>   संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौंः राष्ट्रिय सभा अध्यक्ष >>   अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ >>   एनपिएल : विराटनगरद्वारा चितवन सामु १८२ रनको लक्ष्य प्रस्तुत >>   भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त >>   संसद सेवालाई प्रभावकारी बनाउन सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न जरुरीः सभामुख >>   राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा >>   भारतको अस्पतालमा आगलागी : छ जनाको मृत्यु >>   झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
Logo
२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन


काठमाडौँ । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ ।

कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताए ।  उनका  अनुसार अधिंकाश स्थानीय तहले कोदो उत्पादनका लागि अनुदान दिएका छन् ।

भद्रपुर नगरपालिकाले परम्परागत बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत यसवर्ष कोदो खेतीका लागि दुई सय ५१ कठ्ठा क्षेत्रफलमा प्रति कठ्ठा रु एक हजारका दरले प्रोत्साहनस्वरुप किसानलाई अनुदान दिएको नगरपालिकाको कृषि शाखाका अधिकृत सुमन विमलीले बताए  ।

कोदो जस्ता बालीले हाम्रो परम्परा, संस्कार र पहिचान संरक्षण हुनाका साथै किसानको आयआर्जनमा सहयोग पुग्ने भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए  ।

रैथाने बाली प्रवर्द्धन कार्यक्रमले कृषिमा विविधता ल्याउने मात्र नभइ स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउने उनको  भनाइ छ । नगरपालिकाले आगामी वर्षमा कोदो खेतीको क्षेत्रफल विस्तार गर्दै प्रविधि हस्तान्तरण र उत्पादन वृद्धि गर्ने लक्ष्य लिएका छन्


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?