Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताएका छन् ।

संसद बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर गरेका छन् । आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताएका छन्। सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीहरुको सेवा र सुविधाको विषयमा पनि आवश्यक निर्णय लिन आवश्यक रहेको बताएका छन् । उनले अहिले पनि नेपालको संविधान कायम रहेको र यसलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा समेत राखेका छन् ।

सभामुख घिमिरेले भने,‘हाम्रो संविधानले व्यवस्था गरे अन्तर्गत हाम्रा ३ वटा पदहरु राजनीतिक नियुक्तिबाट गर्न सकिने व्यवस्था छ । त्यो भनेको महासचिव एउटा । महासचिवलाई राजनीतिक नियुक्तीबाट नियुक्ति गर्ने निश्चित मापदण्डहरु तोकेर गर्ने गरिएको छ । त्यसैगरी प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव । अब यहाँ यो कुरा बेठिक भयो । बाहिर बसेको मान्छे राजनीतिक विश्वासको आधारमा राजनीतिक नेताहरुलाई मन परेको आधारमा बहुमतमा पुगेको शक्तिले यहाँ नियुक्ति गरेको आधारमा यहाँ आउँछ । उसले यहाँको मर्म र संसद बुझेको नै हुँदैन । यो कसरी हुनसक्दछ ? भन्ने एउटा सशक्त तर्क छ । अव यो कति सही वा बेठिक हो ? अव संविधान संशोधन गर्नका लागि बनेको सरकार त गईसकेको स्थिति छ । तर अब पनि संविधानमा यस्तो कुरा आईसकेपछि अहिले पनि संविधान छ । संविधान छ भने यस्ता कुराहरुको डिबेट, डिस्कस कहाँ गर्छौं हामी ? मलाई लाग्छ, यहाँ आजै फरमल्ली नगरेपनि यस्ता कुरामा ओपन जानुपर्छ । कस्तो गर्दा प्रभावकारी हुन सक्दछ त ? कस्ता खालका निर्णयहरु लिनुपर्दछ ? यी कुराहरुलाई ओपन किन नगर्ने ?’

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कर्महरुलाई उत्प्रेरित हुने खालको व्यवस्था गरेर अघि बढ्नुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?