Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल


काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतिहरु खडा भएको बताएका छन् ।

संसद सेवा दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने समेत बताएका छ । अध्यक्ष दाहालले संघीय संसद देशको मुख्य अंकमध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताउदै समस्या समाधानका लागि संघीय संसद सचिवालयले एकतावद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

अध्यक्ष दाहालले भने,‘जिम्मेवारी बोध भन्ने कुरा ठूलो र सानो हुँदैन । हामीले जहाँ जति जिम्मेवारी लिएका छौँ, त्यसलाई पूरा गर्नसके सामान्य कर्मचारी पनि ठूलो बन्न पुग्छ । हामी ठूलो कुर्सीमा बसेकार जिम्मेवारी पूरा गर्न सकेनौ भने त्यो ठूलो हुन्छ भन्ने मलाई लाग्दैन । त्यसकारण हामी सबैले आफैँले आफैँलाई चिनेर हामीले आफ्नो जिम्मेवारीहरुलाई एकतावद्ध ढंगले अघि बढायौ भने हुन्छ । धेरै चुनौतिहरु छन् अहिले । मैले त्यतातिर धैरै गईन । अहिले देशको अगाडि नै धेरै चुनौतिहरु खडा भएका छन् । यसलाई पार लगाउने जिम्मा पनि हामी हाम्रो ठाउँमा छौँ । यो राज्यको मुख्य अंग भएकाले यसले गर्नुपर्ने धेरै जिम्मेवारीहरु छन् । यस जिम्मेवारीबाट पन्छिन हुन्न । यसलाई हार्दिकताका साथ स्विकार गरेर अगाडि बढ्ने प्रेरणा मिलिराखोस् ।’

त्यस अवसरमा अध्यक्ष दाहालले संघीय संसदलाई प्रभावकारी बनाउने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?