Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्करले वैदेशिक रोजगारी पलायन नभएको बताएका छन् ।

आप्रवासन दिवसको पूर्वतयारीका क्रममा आईतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारीलाई पलायन भन्ने प्रचलन बढेको उल्लेख गर्दै त्यो गलत र भ्रामक भएको उल्लेख गरेका छन् । वैदेशिक रोजगारलाई उच्च शिक्षासँग तुलना गर्दै उनले सलाई प्राविधिक शिक्षाका रुपमा बुभ्नुपर्ने बताएका छन् । उनकाअनुसार विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीमध्ये पाँच प्रतिशत पनि फर्केर नआउने तथ्यांक शिक्षा मन्त्रालयकै ‘नो अब्जेक्सन लेटर’ (एनओसी) का अभिलेखले देखाउँछ । उनले पढ्न जाने ५ प्रतिशत पनि नेपाल फर्कंदैन भने वैदेशिक रोजगारीलाई मात्र किन पलायन भनिन्छ ? भन्ने प्रश्न समेत गरेका छन् । उनले वैदेशिक रोजगार पनि हायर एजुकेशन जस्तै भएको उल्लेख गरे । रोजगारीमा जाने मान्छेले पैसा, सीप, एक्सपोजर सबै ल्याउने र फर्केर नेपालमै केही गर्न पनि खोज्ने बताएका छन् । वैदेशिक रोजगारीलाई पलायनका रूपमा चित्रण गर्ने प्रवृत्तिलाई उहाँले शोषक मानसिकता भएको आरोप समेत लगाएका छन् । माईग्रेसनलाई नकरात्मक रूपमा प्रश्तुत गर्नेभन्दा त्यसलाई व्यवस्थापन, सीप विकास र वैदेशिक अनुभवलाई उत्पादनशीलक्षेत्रमा वापत ल्याउनेतर्फ नीति केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘अहिले मान्छेहरु माईग्रेसनलाई पलायन भन्छन्, माईग्रेसन भनेको पलायन होईन । यो भनेको टेक्निकल एजुकेशन हो क्या । पढ्न जाँदा ५ प्रतिशत पनि मान्छे फर्केर आउँदैन, विदेशबाट । तपाईले शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर ल्याएर हेर्नुस्, त्यो बच्चा ५ प्रतिशतपनि नेपाल फर्केको छैन । तर माईग्रेशनलाई हायर एजुकेशन किन भन्दैनौँ ? यो टु हायर एजुकेशन हो, जान्छ, पैसा पनि ल्याउछ, स्किल पनि ल्याउँछ, एक्सपोजर पनि ल्याउँछ र नपालमा नै केही गरौँ भनर पनि गरेको छ । सबै शोषकहरुले मात्रै भन्छ, पलायनको कुरा । वैदेशिक रोजगारीलाई जो जो ले पलायन भन्छ, त्यो सामन्ति र शोषक मान्छे हो भनेर बुझ्दा हुन्छ ।’

उनले देश विकास र व्यक्तिको क्षमता विकासको लागी पनि माईग्रेसन हुनु जरुरी भएको बताएका छन् । माईग्रेसनका कारण नै धेरै मुलुकहरु विकसित भएको उनको दाबी छ । उनले सुरुक्षाका लागी माईग्रेट हुने चलन रहेको उल्लेख गरेका छन् । नेपालमा यसवर्ष सुरक्षित र मार्यदित आप्रवासन, समग्र चक्रमा सुशासन भन्ने नाराका साथ यो दिवस एक हप्तासम्म मनाईने भएको छ । कार्यक्रममा श्रम मन्त्रालयका अधिकारी, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि तथा वैदेशिक रोजगार संवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।


प्रकाशित मिति: २१ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?