Trending
>>   मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल >>   भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि >>   ४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोग सम्बन्धी मुद्दा दर्ता >>   दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु >>   सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा >>   सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान >>   टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति >>   इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

सरकारलाई असार मसान्तसम्मको अल्टिमेटम दिँदै सुनचाँदी व्यवसायीहरुले स्थगित गरे आन्दोलन


काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघहरुले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो । असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले ४ बुँदे घोषणापत्र समेत जारी गरेको छ । नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नको लागि ज्ञापन पत्र दिने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल सरकारसँग विभिन्न समयमा भएका सहमति र प्रतिवद्धताको सम्मान गर्दै हाल भईरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरु २०८२ असार मसान्तसम्म स्थगित गरी रचानात्मक क्रियाकलाप गर्ने निर्णय गरेको बताए । उनले महासंघले २०८२ असार मसान्त भित्र आफूहरुका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिए ।

महासंघले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?