Trending
>>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे >>   ‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’ >>   अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी >>   पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा >>   ‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’ >>   मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ >>   सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा >>   कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः काँग्रेस सांसद भण्डारी >>   पर्यटक आउने क्रम बढेपनि होटलहरुको औसत क्षमता उपयोग घट्यो >>   मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

न्याय पाउनको लागि तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भयोः सांसद कुँवर


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुवँरले सरकारले न्याय निरूपणको प्रक्रियालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विनियोजन विधेयक अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसद कुवँरले यस्तो आरोप लगाएका हुन् । जनताले न्याय पाउनका लागि तीन पुस्तासम्म अदालत धाउने अवस्था उत्पन्न उनको टिप्पणी छ । आमजनताबाट आलोचित विषयवस्तुहरूलाई सरकारले गम्भीर ढंगले हेर्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘हामीले न्याय निरुपण गर्न सकिरहेका छैनौँ । तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भएको छ । न्यायालयबाट छिटो न्याय पाउनुपर्छ भन्ने आम जनताको धारणा छ । छिटो न्याय पाउनको लागि त्यही किसिमको कार्यक्रम पनि हामीले तय गर्नुपर्छ । त्यसैले आमजनताबाट आलोचित विषयवस्तुहरुलाई सरकारले गम्भिर ढंगले हेर्नुपर्छ । न्याय निरुपणको सवालमा सरकारले चासो दिएको जस्तो लाग्दैन ।’

उनले आम्दानीको मूख्य स्रोतमध्ये वन क्षेत्र पनि एक भएको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा जोड दिन जरुरी रहेको समेत बताए ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?