Trending
>>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी >>   अवैध लागूऔषध गाँजा सहित पक्राउ >>   द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला >>   नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र छः कानूनमन्त्री चौरसिया >>   अध्यक्ष ओली र नेतृ भण्डारीबीच भ्यासलमा भेटवार्ता (तस्बिरसहित) >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त >>   हेटौँडाका जनप्रतिनिधिहरूको प्रशासन परिसरमै धर्ना >>   सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुन : विचार गर्न राष्ट्रिय व्यवसायी महासंद्वारा सरकारको ध्यानाकर्षण >>   निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी >>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

रास्वपा र एसलाई जितजंगले भने पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू


काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गरे । उनले रास्वपा र एकीकृत समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गरे । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताए । उनले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गरे ।

उनले भने, “नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु । नैतिकता तपाईंहरूमा लाग्छ कि लाग्दैन ? तपाईंको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति र अख्तियारले मुद्दा लगाउने पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली काँग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ? नैतिकता पहिले आफूले सिक्नुपर्ने अनि अरूलाई सिकाउनुपयो । नैतिक चरित्र बिना त देश चल्दैन होला, त्यसले नैतिक चरित्र पहिले आफ्नो राम्रो हुनुप¥यो, सुन्दर हुनुप¥यो । त्यसपछि मात्र अरूलाई भन्न पाइन्छ ।”

नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गरे ।


प्रकाशित मिति: ५ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?