
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल स्काउटले लागुपदार्थ दुर्व्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम भएको जिकिर गरे । सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी रहेको बताए । देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि भएको बताए । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि स्काउट सक्रिय हुनु अर्को सकारात्मक पक्ष भएको बताएका छन् । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको बताए ।
उपराष्ट्रपति यादवले भने, ‘मुलुकमा आइपर्ने विपद् व्यवस्थापन तथा उद्धार कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु यो संस्थाले अंगीकार गरेको महान उद्देश्य र लक्ष्यअनुरुपकै कदम हो । यसमा सबै क्षेत्र भूगोल, वर्ग र समाजको प्रतिनिधित्व गर्दै अघि बढ्न नेपाल स्काउट आफूलाई थप परिमार्जित, परिष्कृत, उन्नत, व्यवस्थित र समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्न जरुरी छ । देशमा दक्ष विपद् व्यवस्थापन टोली गठन गरी विपद् उद्धारमा परिचालन गर्नुले यस सिद्धान्तको केही हदसम्म कार्यान्वयन भएको पुष्टि हुन्छ । नेपाल स्काउटका सदस्यहरुले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा अग्रणी भुमिका निर्वाह गरेकै छ । पछिल्लो समय मुलुकमा बढ्दो लागुपदार्थ दुव्र्यसनि विरुद्धको अभियानमा पनि यो संस्था सक्रिय हुनु अर्को सकारात्मक पक्ष हो । दुव्र्यसनीको चपेटामा परेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गराउन स्काउटका युवा युवतीहरुलाई परिचालन गर्नु राम्रो पक्ष हो । महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना, महिला उद्यमशिलता, महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यहरुलाई पनि आफ्नो प्राथमिकतामा राखि अघि बढ्नुले नेपाल स्काउटको गरिमा र सम्मानलाई उच्च बनाएको छ ।’
उपराष्ट्रपति यादवले युवा युवतीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा उद्धार कार्यमा थप सक्रिय बनाउनु स्काउटको महत्वपूर्ण लक्ष्य हुनुपर्ने बताए । युवा स्वयंसेवक परिचालन अन्तर्गत २०८१ ०८२ मा ५० हजार भन्दा बढी युवा स्काउट स्वयंसेवकका रुपमा परिचालित भएको खुशीको कुरा भएको बताए । नेपाल स्काउटले प्राकृतिक विपद् व्यवस्थापन, लागुपदार्थ दुव्र्यसन निवारण, महिला हिंसा विरुद्धको अभियान, किशोरी स्वास्थ्य सचेतना र महिला उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
प्रकाशित मिति: ५ असार २०८२, बिहीबार