Trending
>>   संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै >>   ३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता >>   इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह >>   इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध >>   टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते >>   काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा >>   पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा >>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस् >>   भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

कुवेत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-५ घर भएका २७ वर्षीय अशोक कुमार साहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

अशोकले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


प्रकाशित मिति: १७ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?