Trending
>>   ३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता >>   इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह >>   इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध >>   टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते >>   काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा >>   पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा >>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस् >>   भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते >>   एटमिक रिसर्च सेन्टर बनाउन पहल शुरु, जग्गा प्राप्तिको काम अन्तिम चरणमा
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

बजेट परम्पराको निरन्तरतामात्रै होः पूर्व अर्थमन्त्री शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहनुभएका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए ।

उनले भने, ‘लेख्ने विषयहरु सबै लेखिएकै छन् । तिनै कुराहरु दोहोरिने हो, कपिपेष्ट गर्ने हो । अहिले एउटा कुरा नाराहरु कम रहेछन् । खेलमा त्यति विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्न दिनैहुन्न समस्या यस्ता छन् । तर अहिले नेपालको अर्थतन्त्रको जुन समस्या छ त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुर्नसंरचना गर्नुपर्छ । तर त्यो पुर्नसंरचना गर्ने स्तरबाट आएन ।’

उनले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनःसंरचना गर्नुपर्ने भएपनि त्यस स्तरबाट नआएको बताएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?