Trending
>>   संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै >>   ३० वर्षमाथिका विवाहित जोडी मध्ये ७३ प्रतिशत नेपालीमा यौन दुर्बलता >>   इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह >>   इजिप्टएयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्ध >>   टर्किएमा हट एयर बेलुन दुर्घटना हुँदा पाइलटको मृत्यु, १९ पर्यटक घाइते >>   काँग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी, एमालेको कामले कार्यकर्ताले शीर निहुराएः अग्नि सापकोटा >>   पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा >>   सातै प्रदेशको बजेट सार्वजनिकः कृषि, रोजगार, पूर्वाधारमा जोड >>   नारायणकाजी श्रेष्ठको आह्वानः देशलाई बनाउने भए फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुस् >>   भारतको महाराष्ट्रमा पुल भत्किँदा २ जनाको मृत्यु, ३२ घाइते
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै


काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केही दशकदेखि नेपालमा वाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढिरहेको बताए।

बुधवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले बताए । उनले नेपालको पूर्वी भेगमा र तराई चुरे पहाडमा रहेका मिचाह प्रजातिका जातिहरु मानिसको आवतजावत, सडक सञ्जालको वृद्धि र जलवायु परिवर्तनका कारण देशभर र विशेष गरी पश्चिम नेपाल र हिमाली भेगमा समेत फैलिँदै गएको बताए । देशका प्रायः सबै जिल्लाहरुमा यस मिचाह प्रजाति फैलिरहेको बताए । यसले कृषिक्षेत्र, वन, जंगल, जल र वायुमा समेत असर गरिरहेको भन्दै सै रुपमा फैलिँदै जाने हो भने ठूलो खाद्य र वातावरणीय क्षति हुने सम्भावनालाई नकार्न नसकिने बताए । हालसम्म नेपालमा २९ वटा वाह्य मिचाह प्रजातिका वनस्पतिहरु रहेको अभिलेखबाट देखिएको बताए।

उनले भने , ‘केही दशकदेखि नेपालमा वाह्य मिचाह प्रजातिको प्रकोप अत्याधिक बढिरहेको छ । नेपालको पूर्वी भेगमा र तराई चुरे पहाडमा रहेका मिचाह प्रजातिका मानिसको आवतजावत, सडक सञ्जालको वृद्धि र जलवायु परिवर्तनका कारण देशभर र विशेष गरी पश्चिम नेपाल र हिमाली भेगमा समेत फैलिँदै गएको छ । देशका प्रायः सबै जिल्लाहरुमा यस मिचाह प्रजाति फैलिरहेको छ । यसले कृषिक्षेत्र, वन, जंगल, जल र वायुमा समेत असर गरिरहेको छ । यसै रुपमा फैलिँदै जाने हो भने ठूलो खाद्य र वातावरणीय क्षति पुर्याउने सम्भावनालाई नकार्न सकिँदैन । नेपालमा वाह्य मिचाह प्रजातिहरुलाई स्थानीय रुपमा वनमारा, वनमासा, वन लहडा तथा अन्य विभिन्न नामहरुबाट चिनिने गरेको छ । अध्ययनबाट हालसम्म नेपालमा २९ वटा वाह्य मिचाह प्रजातिका वनस्पतिहरु रहेको अभिलेखबाट देखिन्छ ।’

मन्त्री ठकुरीले वाह्य मिचाह प्रजातिका वनस्पतिहरुको फैलावट द्रुत गतिले बढ्दै गइरहेको बताए।


प्रकाशित मिति: १४ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?