काठमाडाैं । निर्वाचन आयोगले १५ बैशाखमा उपनिर्वाचन ताेकेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघमा इलाम प्रदेश सभातर्फ बझाङमा रिक्त रहेका पदको स्थानमा १५ बैशाखमा उपनिर्वाचनको मिति तोकिएको हाे । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/02/Press-Release_-2080-11-13.pdf" title="Press Release_ 2080-11-13"]
लाेकमणी पाैडेल । विश्व मानचित्र मा सानो भईकन पनि नेपाल अनेक विशेषता ले सिँगारिएर बसेको छ। सबैभन्दा धेरै सिँगारपटार त प्रकृति स्वयं ले गरिदिएकी छन्। तर यहाँ म प्राकृतिक होइन एउटा भौतिक विषय लाई यहाँहरू सँग साझा गर्न मन लागेर उपस्थित भएको छू। कम से कम सबैमा एउटा गर्वानुभूति को
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गर्नुभएकोछ । वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएवापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली कांग्रेस राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाका अनुसार आज कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा वहालवाला राष्ट्रिय सभा
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् । आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु र राष्ट्रहितको बाटो देखाउने दायित्व कांग्रेसकै काँधमा रहेको
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताएकी हुन्। उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरूलाई आग्रह गरेकी छन् । उनले
काठमाडौं। सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । सांसद मदनकुमारी शाहले भवन निर्माण आयोजनाको म्याद थपेर समय
काठमाडौं। निर्वाचन आयोगले उपनिर्वचनका लागि मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम रोकेको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक
काठमाडौं। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले हवाइ माफियाले प्रधानमन्त्रीलाई प्रभावमा पारेर नेपाली आकाश कब्जा गर्न खोजेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन दिन अध्ययन भइरहेकाप्रति उनले त्यस्तो बताएका हुन्। उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय
मनहरी। बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाएका छन् । उक्त प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न प्रदेशसभा सचिवालय हेटौँडाले सर्वदलीय बैठक आइतबार बोलाइएको हो । सो बैठक प्रदेशसभा सचिवालयमा नै बस्ने जनाइएको छ । उक्त प्रदेशसभाका सबै दलबीच सहमति गर्ने उद्देश्यअनुसार आज सर्वदलीय बैठक