बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फारिद तरुव अहमदोभले स्वागत गर्नुभएको थियो । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या
काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ । समितिको आजको बैठकमा सांसदले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी प्राप्त अख्तियारको भूमिकालाई बलियो बनाउने प्रावधान ऐनमा समेटिनुपर्नेमा जोड दिएका छन् । संशोधनकर्ता
काठमाडौँ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा धरानका ६५७ विद्यार्थीलाई दीक्षित गरेका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा ओलीले भने, ‘संविधान संशोधनका लागि अहिले छलफल चलिरहेको छ। आर्थिक सुधार पनि गर्दैछौं ।’
काठमाडौं । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेमा सत्यता नरहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपालमा अमेरिकी सेना आएको विषय के हो भनेर भनेर
काठमाडौं । यती एयरलाइन्सले मंगलबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्याउने उद्देश्यले भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे हुने उडानको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।
काठमाडौँ । कतार एयरवेजले मंगलबार देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक उडान गरी सातामा सातैवटा उडान गर्ने भएको छ। कतार एयरवेजले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक जारी छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी संगठनको विषयमा बैठक केन्द्रित हुने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज सवा १२ बजे बस्नेछ । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छन् ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति पौडेलको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा, ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी उक्त जिम्मेवारी उपराष्ट्रपति यादवलाई तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।