१९ वैशाख ,काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गरेका छन् ।
१९ वैशाख ,कर्णाली । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउन थालेको बताएका छन् । जापान सरकारको आर्थिक तथा युएनडिपीको प्राविधिक सहयोग र नेपाल सरकारको सहकार्यमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘जलवायुसम्बन्धी स्थानीय कार्यमार्फत मानवीय सुरक्षा सुदृढीकरण’ प्रारम्भिक कार्यशालाको उद्घाटन कार्यक्रममा
१९ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले आज शिष्टाचार भेट गरेका छन् । उनिहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएको हो । महानिर्देशक डा बरमेजो शनिबार पाँच दिने भ्रमणका लागि नेपाल आएका थिए ।
१९ वैशाख, काठमाडाैँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सचिवालयले दिएको जानकारी अनुसार हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरिएको हो । संसद सचिवालयले उनलाई निलम्बन गरेको सुचना टाँस गरेको छ । गत मंसिर ४ मा भएको चुनावमा उनी महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका
१९ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको जानकारी दिएको हो । विज्ञप्तिमा एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिएका छन् । नेपाली खेलाडीले देखाएको
१९ वैशाख, एजेन्सी । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत– चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो । भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा
१९ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् । आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम
१९ वैशाख, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन् । उनले नेपाली क्रिकेट टोलीसहित
१९ वैशाख, एजेन्सी । रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै
१९ वैशाख, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजेता नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेकी छन् । उनले विजेता नेपाली टिमका खेलाडीहरुलाई शुभकामना दिँदै आजको यो जितले नेपाल र नेपालीको शिर उचो बनाएको र क्रिकेट खेलप्रेमीहरुलाई खुसी तुल्याएको जनाएकी छन् । पूर्वराष्ट्रपति भण्डारीले विजेता नेपाली टिम आगामी